सिंगापुर विश्वको सबैभन्दा महंगो शहरहरुको सुचीमा शीर्ष स्थानमा परेको छ । ईकोनोमिस्ट ईन्टेलिजेन्ट युनिट–ईआईयुले गरेको सर्वेमा सिंगापुर लगातार दोस्रो वर्ष विश्वको सबैभन्दा महंगो शहर कायम रहेको हो ।

विश्वका महंगा शहरहरुको सुचिको पहिलो पाँच स्थानमा गतवर्षकै सुचीमा रहेका शहरहरु कायम रहेका छन् । दोस्रो स्थानमा फ्रान्सको राजधानी पेरिस रहेको छ भने तेस्रो, चौथा र पाँचौमा क्रमशः नर्वेको ओस्लो, स्वीटजरल्याण्डको जुरिच र अष्टे«लियका सिडनी परेका छन् । अमेरिकाको न्युयोर्कलाई आधार मानेर ईआईयुले प्रत्येक वर्ष विश्वका सबैभन्दा महंगा र सस्ता शहरहरुको सुची तयार पार्छ । यस वर्ष ईआईयुको सुचीमा विश्व भरिका १ सय ३३ शहरहरु छन् ।

विभिन्न १ सय ६० वटा मापडण्डमा आधारित भएर यो सुची तयार गरिन्छ । जसमा खाद्यान्न, लत्ता कपडा र आवस्य संसाधानहरुका लागि चुकाउनु पर्ने मुल्य मुख्य आधार मानिन्छन् ।

विश्वको सबैभन्दा सस्तो शहर भने कराँची कायम भएको छ । विश्वका सस्ता शहरहरुको सुचीमा दोस्रो स्थानमा भारतको बंगलोर परेको छ भने तेस्रो स्थानमा भेनेजुअलाको राजधानी कराकास परेको छ । चौथो र पाँचौ स्थानमा भारतकै मुम्बई र चेन्नाई छन् ।

Comments

comments