स्विडेनमा कक्षा ६ देखि ९ सम्मको रहेको ‘सो डाइरेक्ट रेलिजियन–३’ नामक पुस्तकमा ‘इन नर्थर्न इन्डिया आर दि प्लेसेज होयर बुद्ध वाज बोर्न’ तथा ‘वल्ड्र्स रेलिजियन’ नामक पुस्तकमा ‘बुद्ध वाज बोर्न एज प्रिन्स सिद्धार्थ गौतम इन लुम्बिनी बिट्विन दि बोर्डर अफ इन्डिया एन्ड नेपाल, दि करेन्ट सिटी बिहार’ भनेर लेखिएकामा अब तिनको प्रकाशन र बिक्रीवितरण बन्द गरिएको छ |

गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरीत गलत जानकारी भएका पाठ्यपुस्तक सच्याएर  मात्र प्रयोगमा ल्याउन  लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट  गरिएको कूटनीतिक प्रयासले यो सार्थकता पाएको हो |

अब नयाँ प्रकाशित पाठ्यपुस्तकमा तस्बिरको मुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भनेर लेखिएको पढ्न पाइने छ  ।  यसअघि लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको पहलमा   पाठ्यपुस्तक सच्याउन कूटनीतिक प्रयास सुरु गरिएको थियो । डेनमार्कमा अवस्थित स्विडेनको जिम्मेवारी सम्हाल्दै आएका नेपाली दूतावासले बुद्धको जन्मस्थलसम्बन्धी गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन अभियानले गरेको अनुरोधलाई कार्यान्वयन गर्न स्विडेनका लागि अवैतानिक कन्सुल जनरल डा रोलान्ड दह्लमानसमक्ष त्रुटि सच्याउन अनुरोध गरेपछि यो संसोधन सम्भव भएको हो |

यसैगरी स्विडेनका  पुस्तक प्रकाशकलाई भविष्यमा भगवान् बुद्धको जन्मस्थल विषयमा गल्ती नदोहोर्याउन  सतर्क  अनुरोधस सहितको पत्राचार गरिएको लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले जनाएको छ ।

Comments

comments