कालीकोटमा अविरल वर्षाका कारण गएराती घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

थिर्पु गाविस ५ का ३५ बर्षिया दलबहादुर रोकायको घर भत्किँदा उनीसहित २६ वर्षिया श्रीमती मनसरा र छोरी सावित्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उनीहरु सुतिरहेको अवस्थामा राती एक्कासी घर भत्किएको थियो । उता निरन्तरको भारी वर्षाले हुम्लाको याङ्चु गाविस–९मा हिपहिरो खसेपछि कर्णाली नदी थुनिएको छ । नदी थुनिएपछि कर्णाली किनारका बासिन्दामा त्रास फैलिएको छ ।

उनीहरु आफ्नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेका छन् । यस्तै कालिकोट आसपासका गाविसका बासिन्दाहरु पनि बिहानैदेखि सुरक्षित हुन माथिल्लो स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Please follow and like us:

Comments