बेलायतस्थित युनिभर्सिटी अफ सर्रीका वैज्ञानिकहरुले नयाँ फाइभ जी इन्टरनेट प्रविधिको परीक्षण गरेको छ ।

रिसर्च टिमका अनुसार नयाँ प्रविधि अहिले प्रयोगमा रहेको फोर जी भन्दा ६५ हजार गुणा बढी द्रुत गतिमा चल्छ । यो प्रविधिले परीक्षणकालमा १२५ गिगाबाइट प्रति सेकेण्डको स्पीडमा काम गरेको थियो । इस स्पीडबाट झण्डै ३० वटा चलचित्र मात्र एक सेकेण्डमा डाउनलोड गर्न सकिन्छ । यो नयाँ प्रविधिलाई युनिभर्सिटी अफ सर्रीको फाइभ जी इनोभेसन सेन्टरले निर्माण गरेको हो ।

रिसर्च टिमका अनुसार यस प्रकारको गति फाइभर अप्टिकलमा मात्र होइन पहिलोपटक वायरलेस केबुलमा पनि उपलब्ध हुनेछ ।

Comments

comments