एक अर्कालाई दुख वा आपतविपद पर्दा सहयोग गर्ने नेपाली मनको विशेषता हो । यसैबीच हाल काठमाडौंमा रहँदै आएकी हेमा सिञ्जालीका छोराहरु जिब्रोमा देखिएको अनौठो रोगका कारण निकै कारुणिक जीवन बाँच्दै आएका छन् । आर्थिक स्थिति कमजोर हुँदा उनका परिवार आफ्ना छोराको त्यस्तो हविगत मन रोए पनि टुलुटुलु हेरेर बस्न विवश थिए ।

तर उनीहरुको समस्यााका बारेमा सञ्चार माध्यमहरुमा समाचार आएपछि अष्ट्रेलिषमा पनि हेमाका छोराहरुको उपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको छ । उक्त अभियान अन्तर्गत हालसम्म झण्डै ३७ सय डलर संकलन भैसकेको सोलाङ्चरले जनाएको छ । सहयोग गर्ने क्रम अझै जारी रहेको पनि बताइएको छ । संकलित रकम छिट्टै हेमाको परिवारलाई हस्तान्तरण गरिनेछ ।

पीडित बालकहरुको हाल काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । यसबारेमा समाचार आएपछि ती बालकहरुको उपचारमा सहयोग गर्न उक्त अस्पतालले विशेष चासो दिदै निशुल्क रुपमा जिब्रोको परीक्षण गरिरहेको बताइएको छ ।

Comments

comments