जारी विश्वकपमा आज बलियो टोली दक्षिण अफ्रिका र उदीयमान आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोतिामा हालसम्म अपराजित रहेको आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको खेलमा अहिलेसम्मकै कडा चुनौती सामना गर्नेछ । एसोसिएट राष्ट्र आयरल्याण्ड र दक्षिण अफ्रिका हालसम्म तीनपटक आमनेसामने भैसकेका टोली हुन । तीन वटै खेलमा आयरल्याण्डमाथि हावी भएको दक्षिण अफ्रिका चौथो खेलमा पनि जित निकाल्न अहिले सभा नौबजे क्यानबेरा ओभलमा उत्रदैछ । यता आयरल्याण्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ ।

Comments