सरकारी लगानीमा सेवाको व्यापार गर्दै आएको नेशनल ट्रेडिङ कम्पनीलाई सरकारले खारेज वा मर्ज गर्ने तयारी गरेको छ ।

नेशनल ट्रेडिङले मेसिनरी औजार, औद्योगिक कच्चा पद्धार्थ, निर्माण सामाग्री एवं दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । यो व्यापारिक कम्पनी खारेजी हुँदा यहाँ कार्यरत ३ सय बढी कर्मचारीले रोजगारी गुमाउने छन् । जनतालाई सर्वसुलभरुपमा विभिन्न वस्तु उपलब्ध गराउने व्यापारिक उद्देश्यले तत्कालीन पञ्चायती सरकारले सन १९९२ मार्चमा यो कम्पनी स्थापना गरेको थियो । कम्पनी स्थापना हुँदा आफ्नो व्यापारले आफैं सञ्चालन हुने परिकल्पना गरिएको थियो ।

तर, ०४६ सालको राजनीतिक परिवर्तनपछि लिइएको आर्थिक उदारीकरणको नीति र संस्थानहरुमा भएको चरम राजनीतिक हस्तक्षेपले सार्वजानिक संस्थान एवं सरकारको स्वामित्वमा रहेका उद्योग धन्दा धारासायी बन्न सुरु गरेका हुन् । मन्त्रीले आफ्ना नातेदार वा कार्यकर्ता भर्तिकेन्द्र बनाएपछि ३६ संस्थानमध्ये ३० वटाभन्दा बढी संस्थानहरु सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेका छन् ।

Comments

comments