हामीले खानेकुरामा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न तत्व पाईन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ । तर हामिले दैनिक प्रगोग गर्ने खानेकुराहरुबाट हामिलाई कत्तिको फाईदा गर्छ भन्ने कुराबाट हामि अनविज्ञ नै रहन्छौ । हामिले दैनिक भान्सामा प्रयोग गर्ने तरकारीबाट हाम्रो शरीरलाई आवश्यक तत्व सजिलै पाउँछौ । जस्तै हरियो सागसब्जी । हरियो सागसब्जी मध्ये रायोको साग ।

जसमा क्यालोरी, फ्याट्स, कार्बोहाइडेट, फाइबर, शुगर, पोटाशियम, विटामिन ए, सी, डी, बी ज्ञद्द म्याग्नीशियम, आयरन र क्याल्शियम पाईन्छ । यसमा एण्टीअक्सिडेन्ट तत्व अत्याधिक मात्रामा पाईन्छ । जुन सिर्फ शरीरबाट विषालु पदार्थ निकाल्ने मात्र काम गर्ने नभई रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । सागका केहि फाईदाहरु यसप्रकार छन् ।

1. यसबाट ब्लड क्यान्सर, पेट, प्रास्टेट र ओवरीको क्यान्सर हुने खतरा कम हुन्छ ।
यो खानाले कोलेस्ट्रोल लेवल कम हुन्छ ।
2. यसमा पर्याप्त मात्रामा फइबर हुन्छ जसले शरीरको मेटाबोलिक क्रियाको नियन्त्रण गर्न मद्धत गर्छ ।
3. सागमा क्यालोरी कम हुन्छ जसले वजन नियन्त्रण गराईराख्छ ।
4. यसमा हुने क्याल्शियम र पोटाशियमले आडलाई बलियो बनाउन मद्धत गर्छ ।
5. यसले हाडसंग सम्बन्धी उपचारमा पनि फाईदाजनक मानिन्छ ।
6. सागमा भिटामिन ए हुन्छ जसले आखाँको मांसपेसशहरुलाई हुने हानिबाट जोगाईराख्छ र आंखाको रोशनी बढाउने काम गर्छ ।

Comments

comments