चितवन समाज अष्ट्रेलियाले रक्त क्यान्सर ल्युकिमिया रोगबाट संक्रमित भएका नेपाली युवा उज्वल पौडेललाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।

समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले एक विज्ञप्ति जारी गर्दै जुटपानी ७ सूर्यपुर चितवन घर भएका पौडेलको यतिबेला प्रिन्स अलेकजेन्ड्रा अस्पताल ब्रिसबेनमा उपचार भइरहेको जनाउदै उहाँको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाएको बताउनुभयो । अष्ट्रेलियामा स्वास्थ्य बिमा अनिवार्य गरिएको भएपनि त्यसले कभर गर्ने विषयमा अस्पताल र सामाजिक कार्यकर्ताहरु मार्फत समन्वय जारी रहेको पनि डल्लाकोटीले बताउनुभयो ।

यसका अलावा अन्य विविध खर्चहरु ईन्स्योरेन्सभन्दा बाहिर पर्ने भएकोले पौडेलको उपचारमा कठिनाई भएकोले सहयोगका निम्ति आह्वान गरिएको उहाँको भनाई छ । उनको उपचारका लागि ९० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने अस्पताल श्रोतले जनाएको ।

Comments

comments