स्वास्थ्य सेवा विभागले नेपालीको सरदर आयु ७० पुगेको जनाएको छ ।

तेस्रो स्वास्थ्य दिवसमा अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिए । असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ । विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो । काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने विभागले जनाएको छ ।

Please follow and like us:

Comments