बलीवुड अभिनेता अमिताभ बच्चन र एक्टर्स रेखालाई लिएर बिग बोस सीजन ८ मा भाग लिएका पुनीत इस्सरकी पत्नी दीपाली इस्सले कमेन्ट गरेर तहल्का मच्चाइदिएकी छन् ।

ईन्टरटेन्मेन्ट म्यागजिन ग्रट म्यागजिनमा दिएको इन्टरभ्युमा दीपाली इस्सरले बलीवुडकी एवरग्रीन एक्टर्स रेखाले आफ्नो सिउँदोमा अमिताभ बच्चनको सिन्दुर लगाउने गरेको बताएकी छिन् । यद्यपी फिल्म ग्यालरीमा यस विषयलाई लिएर चर्चापरिचर्चा भई नै रहन्छ । तर यसरी खुलेआम कुरा गर्ने हिम्मत भने कसैले गरेका थिएनन् । उनको यो अभिव्यक्तिले सबैलाई आश्चर्यचकित बनाईदिएको छ ।

आखिर किन लगाउँछिन् रेखा बच्चनको नाममा सिन्दुर यस कुरालाई सबैले बुझ्ने कोसिस गरिरहेका छन् । आखिरमा यो मानिएको छ की स्टाइल स्टेटमेन्ट र पर्सनालिटिलाई मिलाउनको लागि उनी आफ्नो सिउदोमा सिन्दुर भर्ने गर्छीन ।

यस विषयमा बिग बी बच्चनको रिएक्सन कस्तो आउछ यो सबैको चासोको बिषय बनेको छ ।

Comments

comments