बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय, गायन र नृत्य लगायत सबै कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाउन सफल भएकी छिन् ।

यहि कारण बलिउडका सबै सुन्दरीहरुलाई पछि पार्दै प्रियंका २०१५ की कामुक सुन्दरीको उपाधि जित्न सफल भईन । हालै मात्र लाईफ डट कमको तर्फबाट भोटिङ खुल्ला गरिएको थियो । जसमा जनतालाई हटेस्ट एक्टर्सको लागि भोट गर्न लगाइएको थियो । यो रेसमा दीपिका पादुकोण, सोनम कपुर, श्रद्धा कपुर, कंगना रनोट, नरगिस फखरी र अदीति राव हैदरीको नाम समावेश गरीएको थियो ।

तर प्रियंका सबैको नजरमा पर्न सफल हुँदै ५३ प्रतिशत भोट प्राप्त गर्दै हटेस्ट एक्टर्सको उपाधी जित्न सफल भईन् । दीपिका ३५ प्रतिशत भोट प्राप्त गर्दै दोस्रो भईन भने ६ प्रतिशत भोट प्राप्त गर्दै सोनम तेस्रो स्थानमा रहिन् । चौँथो स्थानमा रहन सफल भएकी श्रद्धाले ३ प्रतिशत भोट पाईन भने कंगनालाई २ प्रतिशत र अदीतिलाई १ प्रतिशत भोट मिलेको थियो ।

Comments

comments