भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको विवादीत सुट साँढे ४ करोडमा लिलामी भएको छ ।

गुजरातको सुरतमा भएको लिलामीमा हिराको कारोबार गर्ने हितेस पटेलले सो सुट किनेका हुन् । सुटको लिलामीपछि उनले आफुले दिएको रकम स्वीकृत भएको बताउका छन् । उनले उक्त सुट आफ्नो कारखानामा राख्ने बताएका छन् । यसले मोदीको याद दिलाउने र काम गर्न प्रेरित गर्ने बताए । मोदीको सुट अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणको क्रममा चर्चाको विषय बनेको थियो । उक्त सुटमा मोदीको नाम स्वर्ण अक्षरले लेखिएको छ ।
यसको मुल्य करीब १० लाख बताइएको छ ।

पटेलले मोदीको सुटलाई १ दशमलब ७१ करोड को पहिलो बोलि लगाएका थिए । तर लिलामीको अन्तिम समयमा मुल्य बढ्दै गएकाले पटेलले सुटलाई ४ दशमलब ३१ करोड रुपैयाँमा खरिद गरेका हुन् ।

Comments

comments