अष्ट्रेलियाको एसफिल्डमा नेपाली पुस्तकहरुको लाइब्रेरी स्थापना हुने भएको छ  । एसफिल्ड काउन्सिलले नेपाली समूदायका निम्ति लाइब्रेरी स्थापना गर्न लागेको हो । काउन्सिलले आगामी वैशाख १ गते अर्थात् अप्रिल १४ तारिखका दिन  काउन्सिलको आफ्नो लाईब्रेरीमा नेपाली पुस्तक उपलब्ध हुने सुविधाको उद्घाटन गर्ने तयारी गरिरहेको प्रतिनिधि अर्जुनमणि पौडेलले जानकारी दिनुभयो ।

यति मात्र होइन, नेपाली समूदायलाई काउन्सिलले सम्बोधन गरेरै आगामी मार्च २२ तारिखमा एसफिल्ड पार्कमा आयोजना हुने कल्चरल कार्निभलमा पनि सहभागी हुन निम्ता गरेको छ ।

Comments

comments