लामो समयदेखी अष्ट्रेलियामा खेल मार्फत नेपाली समुदायलाई एकतावद्द पार्दै  आएको यती फुटबल क्लबले छिट्टै चर्चित एमआईटी कप आयोजना गर्ने भएको छ । यतीले यस बर्षको बृहत कपको मिति समेत सार्वजनिक गरेको छ ।

यतिले आँउदो मार्च ७ र ८ तारिखमा एमआईटी कप गर्ने जनाएको छ । एमआईटी कप २०१५ नेशनल च्याम्पियनशिपमा अष्ट्रेलियाका विभिन्न स्टेटबाट खेलाडी र खेलप्रेमीहरुको सहभागीता रहने पनि यतीले जनाएको छ । प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न स्टेटमा रहेका नेपाली फुटबल टिमले सहभागीता जनाउनेछन् । यतीले दिएको जानकारी अनुसार विभिन्न स्थानबाट गरी १६ वटा टिमले उपाधिको लागी प्रतिष्पर्धा गर्नेछन् भने च्याम्पियनशिपका दौरान अन्य खेल कौशल पनि प्रर्दशन गरिनेछ ।

सन् २०११ देखी इन्टरस्टेट खेलहरु मार्फत यतीले छरिएर रहेका नेपालीहरुमा सामाजिक एकता र अपनत्व कायम गर्न मुख्य सेतुको भुमिका पनि निर्वाह गरिरहेको छ ।

Comments

comments