अष्ट्रेलियाको क्विन्स्ल्याण्ड र उत्तरी क्षेत्रमा आँधीको प्रभाव अझै यथावत रहेको छ । आँधीले यहाँको जवनजीबन अस्तव्यस्त बनेको छ ।

मर्सिया र लाम नामक तुफानले सेन्ट लरेन्स र यप्पोनबिचको क्षेत्रमा सबैभन्दा बढी क्षती पुर्याएको छ । तत्कालको अवस्थामा आँधी २५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा पुगेको स्थानिय अधिकारीले बताएका छन् । उत्तरी भेगबाट मर्सियाको रफ्तार केहि घटेको छ । अझै त्यस वरपरका स्थानियलाई सर्तक रहन चेतावनी जारी गरिएको छ । यद्यपि मर्सिया आँधिको रफ्तार अहिले तेस्रो श्रेणीमा र लामको दोस्रो श्रेणीमा झरेको जानकारी दिईएको छ । यसअघि मर्सिया र लाम पाँच तहको खतराजन्य अवस्थामा पुग्नसक्ने सुचना जारी गरिएको थियो । आँधी यतिबेला दक्षिणपश्चिम तर्फ पुग्न लागेको पनि जनाकारी दिईएको छ ।

आँधीले धेरै घरहरुमा क्षती पुर्याएको छ । सडकहरु समेत बन्द गराएको छ भने उत्तरी भेगका धेरै घरहरुमा बिजुली काटिएको छ । आज साँझ सम्ममा भारी बर्षा हुनसक्ने मौसम विभागले जनाएको छ ।

Comments

comments