आन्दोलनमा रहेको विपक्षी मोर्चा सरकारसँग बार्ता गर्न भन्दा पनि आफूले तय गरेको आन्दोलनलाई सफल बनाउने विषयमा बढि केन्द्रित भएको छ ।

आन्तरिक रुपमा वार्ता जारी राख्ने तर औपचारीक वार्ताका लागि सर्तसहित अघि बढेर आन्दोलनको तयारी गर्ने विपक्षी मोर्चाको निस्कर्ष रहेको छ । मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहले मोर्चा आन्दोलनको तयारीमा रहेको र वार्ताका विषयमा छलफल पनि नभएको बताउनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाको अर्काे वक्तव्य नआएसम्म मोर्चा वार्तामा नजाने पनि सिंहले  बताउनुभयो ।

Please follow and like us:

Comments