लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ५–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा स्पेनिस ला लिगामा आफ्नो ३०० औं खेलमा मेस्सीले २३ औं ह्याट्रिक गरेका हुन् । यससँगै ला लिगामा मेस्सी र रोनाल्डोको समान २३ ह्याट्रिक भएको छ । जितसँगै बोर्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १७ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । नेयमारले मेस्सीको पासमा गोल गरेका हुन् । खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो । दोस्रो हाफको ५९ औं मिनेटमा पेड्रोको पासमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे । ६५ औं मिनेटमा नेयमारलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो, जसमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे ।

खेलको ७३ औं मिनेटमा लुईस स्वरेजले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो । रियल मड्रिड २३ खेलबाट ५७ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ ।

Comments

comments