सरकारले आगामि आर्थिक वर्षमा कृषितर्फ एक दर्जन नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ ।

कृषि विकास मन्त्रालयले कृषि कार्यक्रमका नाममा अन्धाधुन्द बजेट विनियोजन गर्ने परम्परा रोक्न आगामी आर्थिक वर्षदेखि केन्द्रीकृत गरेर भौगोलिक बिशिष्टीकरण, सम्भाव्यता र उत्पादनको आधारमा मात्र लगानी गर्ने उदेश्यले एक दर्जनको संख्यामा नयाँ कार्यक्रम ल्याउने तयारी गरेको हो । मन्त्रालयको योजना महाशाखाका प्रमुख तथा सहसचिव योगेन्द्र कार्कीका अनुसार थप डेढ लाख रोजगारी सिर्जन ागर्ने उदेश्यले विशिष्ट खालका कार्यक्रम ल्याउन लागिएको हो ।

उहाँका अनुसार आगामी आर्थिक वर्षदेखि तीन वर्षका लागि भौगोलिक क्षेत्रको आधारमा व्यवसायिक बालीको पहिचान, विभाजन र कार्यान्वयन भन्ने कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको छ ।

Comments

comments