अमेरिकी डलरको मुल्य आज एक महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

नेपाली बजारमा माघ महिनाभर एक सय रुपैयाँभन्दा तल रहेको एक अमेरिकी डलरको आज एक सय रुपैयाँ पुगेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर ९९ रुपैयाँ ४० पैसा खरिद दर १०० रुपैयाँ बिक्री दर तोकेको छ ।

पुस महिनाभर एक सय रुपैयाँ माथि रहेको डलरको भाउ माघ लागेदेखि घटेर ९७ रुपैयाँसम्म झरेको थियो । अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेपछि नेपालमा पनि बढेको हो ।

Comments