लिविया बाट युरोपतर्फ जादै गरेका दुई वटा मोटरबोट भुमध्यसागरमा डुब्दा २ सय ३ यात्रुको मृत्यु भएको छ ।

शरणार्थीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था युनाइटेड नेसन्स हाई कमिस्नर फर रिफ्युजीजका इटालीयन प्रवक्ता कार्लोटा सामीले सामाजिक सञ्चाल ट्वीटर मार्फत सो समाचारको पुष्टि गरेकी हुन् । उनले ९ जनालाई बचाइए पनि २ सय ३ जनाको मृत्यु भएको बताएकी हुन् ।

क्षमता भन्दा बढी यात्रु बोकेका ती दुई मोटरबोट अबैध रुपमा युरोप प्रवेश गर्ने क्रममा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

Comments