प्रधानमन्त्री सुशील कोईरालाले एकीकृत माओवादीलाई औपचारिक रुपमै वार्तामा बस्न आग्रह गर्नुहुने भएको छ ।

प्रधानमन्त्री कोईरालाले एकीकृत माओवादीलाई वार्तामार्फत सहमतिमा आउन आज लिखित रुपमा आह्वान गर्नुहुने तयारी गर्नुभएको बताइएको छ । कोईरालाले पत्र मार्फत आज बेलुकिसम्म संवादका लागि आह्वान गर्ने अनुमान गरीएको छ । दुई सत्तासिन दल काँग्रेस–एमालेबीचको अनौपचारीक सहमति अनुसार काँगे्रस सभापति समेत रहनुभएका प्रधानमन्त्री कोईरालाले एकीकृत माओवादीलाई वार्तामा बस्न औपचारीक रुपमा आह्वान गर्न लाग्नुभएको हो ।

Comments

comments