विश्वमा गिर्दो अर्थतन्त्रको प्रभाव कन्डममा समेत परेको छ । जसको फलस्वरुप भेनेज्युलामा कन्डमको मूल्यले आकाश छोएको छ ।

प्रसिद्ध पत्रिका टाइमले जनाए अनुसार भेनेज्युलामा ३६ वटा कन्डम अर्थात एक प्याकेट बक्स कन्डमको मूल्य त्यहाँको सात सय डलर पुगेको छ । यो अमेरिकी २१ डलर बराबर हो । यसरी कन्डमको मूल्यमा अस्वभाविक मूल्य बढ्नुको कारण विश्व बजारमा तेलको मूल्यमा आएको भारी गिरावट हो ।

दक्षिण अमेरिकी मुलुक भेनेज्युलाले ९० प्रतिशत विदेशी मुद्रा कच्चा तेलको विक्रीबाट गर्दै आएको छ । तर पछिल्लो समय तेलको गिर्दो मूल्यका कारण यो प्रतिशत ६० मा झरेपछि त्यहाँ सामानहरुको मूल्यले आकाश छोएको छ । भेनेज्युला धेरै एचआइभी पीडितहरु रहेको मुलुकमध्ये एक हो भने असुरक्षित यौन सम्पर्कबाट किशोरीहरु बढी गर्भवती हुने मुलुक पनि हो । त्यसैले त्यहाँ कन्डमको माग निकै बढी रहेको टाइमले जनाएको छ ।

Comments