टोकियो। भन्ने गरिन्छ दिमागको मामलामा बाँदर, मानिसको सबै भन्दा नजिक हुने गर्दछन । यदि तपाइ यो कुराको बास्तविकता हेर्न र थाहा पाउन चाहनुहुन्छ भने तपाइ जापानको राजधानी टोकियो स्थित काबुकी रेस्टुरेन्टमा जानु पर्नेछ ।

यो रेष्टुरेन्ट यस कारण अनौठो छ कि यहाँ वेटरको काम मानिसहरूले नभै, बाँदरहरूले गर्दछन । यी बाँदरहरू मेनू मात्र दिँदैनन, उनीहरू अर्डर पनि लिन्छन र खाना पनि सर्भ गर्दछन । यी बाँदरहरू सामान्य वेटरहरूले जस्तै यूनिफर्म लगाउँदछन । सायद तपाइँलाइ यो कुरा सुन्दा अचम्म लाग्ला तर यो कुरा साँचो हो ।

monky 1आफ्ना बाँदर वेटरहरूका कारण यस रेष्टुरेन्टको निकै चर्चा हुने गरेको छ । यहाँ मानिसहरू खाना खान भन्दा पनि बाँदर वेटर हेर्नका लागी आउने गर्दछन । रेष्टुरेन्टका मालिकले बताए अनुसार उनलाइ यो अनौठो बिचार त्यतिबेला आएको थियो, जब उनको घरमा पालेर राखेको बाँदरले उनको कामको नक्कल गर्न शुरू गर्यो । उसले गरेको नक्कलका कारण रेष्टुरेन्टका मालिकले यसलाइ आफ्नो कामको प्रचारका लागी प्रयोग गर्ने बिचार गरे ।

monkey 2यस रेष्टुरेन्टमा बाँदर येट चेन र फुकू चेन सन २००८ देखि वेटरको काम गरिरहेका छन । यसमा येट चेन ठुलो छ । जब कुनै कस्टमर रेष्टुरेन्टमा प्रवेश गर्दछन, यी दुबै बाँदरहरू आफ्नो काममा थालिहाल्दछन । एकले कस्टमरलाइ चियर सम्म लग्ने गर्दछ र दोश्रो उनको हात पुछ्नका लागी टवेल लिएर आउँदछ । यस पछि एउटा बाँदर अर्डर लिन्छ भने अर्कोले खाना सर्भ गर्दछ ।

स्मरण रहोस हाम्रै पोखरामा पनि समाजशास्त्री डाक्टर गणेश गुरुङ र पर्यटन व्यवसायी शान्त लामाले परेवालाई रेस्टुरेन्टको मेनु र अर्डर ओसारपसार गराउने गरि होटल खोल्ने परियोजना अगाडि बढाएको थियो ।

monkey 3कानूनको ध्यान राखिएको छ :

जापानी कानून अनुसार जानवरहरूलाइ दुइ घण्टा भन्दा धेरै समय काम गराउन पाइँदैन । यसैले रेष्टुरेन्टमा अरू पनि बाँदरहरू राखिएका छन । ग्राहकहरूले भनेको यी बाँदरले सजिलै अर्डर लिन सक्दछन । उनीहरू त्यहि खानार ड्रिंक सर्भ गर्दछन, जसको उनीहरूलाइ अर्डर दिइएको छ । यी बाँदरहरूलाइ यहाँको टेबल नम्बर पनि याद रहने गर्दछ ।

Comments