एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विपक्षी गठबन्धनले संविधानसभाको भोलि बिहीबार बोलाइएको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

गठबन्धनको आज बिहान बसेको बैठकले संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न चुनौति दिँदै बैठक बहिस्कार गर्ने घोषण गरेको हो । बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न चुनौति दिएको हो ।

Comments

comments