काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल बैंकबाट रकम निकालेर जाँदै गरेकी एक महिलाको  १८ लाख रुपैयाँ लुटिएको छ ।

बानेश्वर हृवाइट हाउस कलेजसँगैको भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किन लाग्दा कलंकी निवासी सरस्वती आचार्यको साथबाट पैसा लुटिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । मोटरसाइकलमा आएका दुईजनाले सो रकम लुटेको महानगरीय प्रहरी परिसर नयाँ बानेश्वरका डिएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

घटनाको प्राराम्भीक अनुसन्धानबाट योजनावद्दरुपमा लुटपाट भएको देखिएकाले लुटेराको खोजी भईरहेको उहाँले बताउनुभयो ।

Comments

comments