आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले खानपान, सबै विरामीलाई उपचारको पहुँच र क्यान्सर विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । संगठनका अनुसार क्यान्सर विरुद्ध मानिसलाई सचेत गराउनु यो दिवसको मुख्य उद्देश्य हो । विश्वमा क्यान्सरका विरामी बढ्दै जानुको मुख्य कारण अव्यवस्थित जीवनशैली , प्रदुषण र तनाव रहेको चिकित्सकहरु बताउँछन् । खानपान र जीवनशैलीमा ध्यान पु¥याए क्यान्सरबाट जोगिन सकिने चिकित्सकहरुको भनाई छ ।

उपचार पछि  ६० प्रतिशत क्यान्सर निको हुने भए पनि ४० प्रतिशत क्यान्सर निको नहुने भएकाले बेलैमा सचेत हुनुपर्नेमा चिकित्सकहरुको जोड छ । ४० प्रतिशत क्यान्सर अन्तिम अवस्थामा मात्र देखिने भएकाले उपचारमा जटिलता भएको हो । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै रहेका छन् ।

एक्कासी तौल घट्नु,  खानामा अरुची हुनु,  टाउको दुख्नु, वान्ता भईरहनु, महिनावारी रोकिएपछि पनि फेरि रगत देखा पर्नु र स्तनमा डल्लो जस्तो गिर्खा देखा पर्नु क्यान्सरको मुख्य लक्षण हो । क्यान्सबाट जोगिन चिल्लो, पिरो, भुटेको र तारेको खाना नखान चिकित्सकहरुको सुझाव छ ।

Comments

comments