नेपाल ग्यास उद्योगी संघले खाना पकाउने ग्यासको कृत्रिम अभाव अब ४÷५ दिनभित्र सुल्झने दाबी गरेको छ ।

संघले हिजो पत्रकार सम्मेलन गरी भारतबाट ३ सय सय बुलेट ग्यास आईरहेकाले बढीमा चार दिनभित्र ग्याँस सहज हुने दाबी गरेको हो । करिब एक महिनादेखि सुरु भएको ग्याँस अभावले उपभोक्ताले हैरानी सहनुपरेको छ । कोटा बृद्धि र अभावकै बीच उद्योगीहरुले नयाँ सिलिन्डर बिक्रीकोे अवसरको रुपमा उपयोग गरेका छन् ।  पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले नयाँ सिलिन्डर बिक्री गर्न वा ग्यासको मुल्य घट्न सक्ने कुराले अभाव सिर्जना गरिएको भन्ने आरोप सत्य नभएको बताउनुभयो ।

Comments

comments