ल्बेक पार्क,प्रेष्टनस्थित मैदानमा हरेक आइतवार हुँदै आएको न्याभ कप क्रिकेट टुर्नामेन्ट अन्तर्गत चौथो हप्ताको खेल आज फेब्रुअरी १ मा भैरहेको छ । आज शीर्षस्थानको हिमालयनसँग ब्रुन्सवीक ब्लुजले प्रतिस्पर्धा गर्नेछ भने इस्टर्न वरियर्ससँग सगरमाथाको आमनेसामने हुनेछ । यस्तै नेपालयसँग नर्रे किङ्स पनि भिड्ने तय भएको छ । यता सगरमाथा टिमले भने गोलाप्रथाबाट सिधै बाइ पाएको छ ।

मेलबर्नमा जारी न्याभ कप क्रिकेट टुर्नामेन्ट–२०१५ को तेस्रो सातासम्मको खेलको अंक तालिकामा हिमालयन क्लब शीर्ष स्थानमा रहन सफल भएको छ । कुल तीन खेल खेलेको हिमालयले सबै खेलमा जीत हासिल गर्दै कुल ९ अंक जोड्न सफल भएको छ । तीन खेल नै खेलेको अर्को बलियो टोली सगरमाथा क्रिकेट क्लब एले पनि तीनवटै खेलमा जीत हासिल गरेर ९ अंक नै प्राप्त गरेको छ । तर रनरेटको आधारमा सगरमाथाले दोस्रो स्थानमै चित्त बुझाउँनुपरेको छ ।

यस्तै इष्टर्न वरियर्स,सगरमाथा र ब्रुन्सवीक ब्लुजको भने समान तीन तीन अंक रहेको छ । यता दुई खेल खेलेको बाँकी दुई टिम नेपालय र नर्रे किङ्सले भने आफ्नो खातामा अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।

Comments

comments