काठमाडौ महानगरपालिकाले फोहोर फाल्दै आएको सिसडोल ल्याण्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनमा समस्या भएको छ ।

नुवाकोटको ओखरपौवास्थित उक्त ल्याण्डफिल साइट भरिएको रअर्को निर्माणाधीन बन्चरेडाँडा ल्याण्डफिल साइट तयार भइनसकेकाले दैनिक एक हजार टन फोहोर व्यवस्थापनमा समस्या भएको हो । फोहोरको थुप्रो घरको उचाईसम्म पुगेको महानगरपालिका वातावरण महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले जानकारी दिनुभयो ।
काठमाडौ, ललितपुर र आसपासका नगरपालिका गरी काठमाडौ उपत्यकामा दैनिक एक हजार टन फोहोर उत्पादन हुने गरेको छ ।

Comments