ईजिप्टको मिस्रस्थित सिनाई प्रायद्धिपको उत्तरी क्षेत्रमा संदिग्ध ईस्लामि चरम्पन्थीहरुले श्रुखंखलाबद्ध रुपमा गरेको आक्रमणमा परि हालसम्म २५ जनाको मृत्यु भएको छ ।

उत्तरी सिनाईको राजधानी अल–अरीशमा सैन्य अड्डामा भएको कार बम र मोर्टार आक्रमणमा कयौ सैनिकहरु मारिएको बिबिसिले जनाएको छ । त्यसैगरी शेख जुवैद र रफा कस्बो भन्ने स्थानमा पनि बम आक्रमण भएको बताइएको छ ।

सन् २०१३ मा मुस्लीम ब्रदरहुडका राष्ट्रपति मोहम्मद मोर्सि अपदस्त भएपछि  उत्तरी सिनाई प्रान्तमा जेहादी चरंपन्थीहरुले सैनिकहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएका छन् ।

Comments