विपक्षी दलको लगातार अवरोधका कारण हिजो स्थिगित संविधानसभाको बैठक आजपनि बस्दैछ ।

एकीकृत नेकपा माओवादी र मधेस केन्द्रित दलसहित प्रतिपक्षी दलहरुले संविधानसभाको हिजोको बैठक सुरु हुने वित्तिकै रोष्टम अगाडि पुगेर नाराबाजी गर्दै लगातार पौने २ घण्टासम्म अबरोध गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक स्थिगित भएको घोषणा गर्नुभएको थियोे । आजको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।
सत्तारुढ दलहरुले संविधानका विवादीत विषयमा सहमति नभए प्रक्रियाबाटै अघि बढ्ने बताइरहेका छन् भने प्रतिपक्षी दलहरुले सहमतिमा नै संविधान जारी गर्नुपर्ने अडान लिँदै संविधानसभा र सडकमा विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।

यसैवीच संविधानसभा भवन र आसपासका क्षेत्र सुरक्षाका दृष्टिकोणले संवेदनशील बनेपछि तीन नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा प्रहरी परिचालित भएका छन् । संविधानसभा भवनभित्रै विपक्षी सभासदहरूको तोडफोड, बाहिर सडकमा विभिन्न समूहको धर्ना र विरोध कार्यक्रमले उक्त क्षेत्र संवेदनशील बनेपछि सुरक्षा तैनाथी बलियो तुल्याइएको हो ।

Please follow and like us:

Comments