अमेरिकी राष्ट्रपति बराक ओवामाको भारत भ्रमणका समयमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा कुनै पनि हमला हुन नहुने अमेरिकाले बताएको छ ।

उसले पाकिस्तानलाई त्यस समयमा आक्रमण गरिए त्यसको नतिजा भोग्न तयार रहन समेत चेतावनी दिएको छ । राष्ट्रपति ओवामा आगामी जनवरी २६ मा भारतको गणतन्त्र दिवसका अवसरमा भारत भ्रमण गर्न लागेका हुन । यस्तो अवसरमा भारत भ्र्रमण गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । ओवामाको भ्रमणलाई लिएर सुरक्षा व्यवस्थामा कडाई गरिएको पनि बताइएको छ ।

Comments