भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी पनि संविधान ल्याउन नेपालका दलहरूलाई आग्रह गर्नुभएको छ ।

वल्र्ड इकोनोमिक लिडर समिटमा भाग लिन नयाँदिल्ली पुग्नुभएका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा प्रधानमन्त्री मोदीले यस्तो आग्रह गर्नुभएको हो । मोदीले जसरी पनि संविधान ल्याउन आग्रह गर्दै लडेर कहिलेसम्म बस्नुहुन्छ ? भनि प्रश्न गर्नुभएको थियो ।

समिट उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भुटानसँग भएको जलस्रोतसम्बन्धी सम्झौताले भारतको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

Please follow and like us:

Comments