आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता आजदेखि नामिबियामा सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेलमा युगाण्डासंग प्रतिष्पर्धा गर्ने भएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता हात पार्ने लक्ष्यमा रहेको छ । फ्रेन्क सुवुगाको नेतृत्वमा युगाण्डा मैदानमा उत्रदैछ ।  खेल नेपाली समय अनुसार दिउँस सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल र युगान्डासँगै केन्या, नेदरल्यान्ड्स, क्यानाडा र नामिबिया सहभागी छन् ।

Comments

comments