सधै झकिझकाउ साडीमा देखिने बलीउड अभिनेत्री विद्या बालन कपुरको छवि अहिलेसम्म परम्परागत भारतीय नारीको रुपमा रहँदै आएको छ । केही समय अघि रिलिज

भएको डर्टी पिक्चरबाट उनले आफूलाई बोल्ड अवतारमा रुपान्तरण गर्न खोजे पनि त्यसपछिका चलचित्रहरुमा उनी पहिले जस्तै शालीन भूमिकाहरुमा देखिइन् ।
तर अहिले आएर विद्याले फेरि आफूलाई बोल्ड र सेक्सी अवतारमा प्रस्तुत गरेकी छिन् । हालै मात्र बसु रत्नानीको क्यालेन्डरका लागि शुट गरिएको फोटोमा विद्या अहिलेसम्मकै सर्वाधिक हट र बोल्ड लुकमा देखिएकी छिन् । आफ्नो नग्न शरीरलाई अखबरले छोपिएको पोजमा खिचिएको विद्याको उक्त पोज निकै आकर्षक देखिन्छ ।

बोल्ड भनिए पनि उक्त फोटोमा फेरि पनि विद्या शालीन नै देखिएकीछिन् ।

Comments

comments