अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा यही जनवरीमा एउटा पृथक थिम सहितको सांगीतिक कार्यक्रम हुने भएको छ । म्यूजिक फर स्माइल–मस्की मस्की अष्ट्रेलिया टुर नाम दिइएको उक्त साँगीतिक कार्यक्रम मेलबर्नमा यही जनवरी १८ मा हुनेछ ।

चहलपहल मेलबर्नको आयोजनामा हुने म्यूजिक फर स्माइल–मस्की मस्की अष्ट्रेलिया टुर कार्यक्रममा चर्चित नेपाली पप व्याण्ड माउन्ट ८८४८ ले आफ्नो सुपर हिट गीत मस्की मस्की सहित बुढेशकालको लाठी,रात गुजार्न लगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछ ।

मेलबर्नको थेरापी नाइट क्लबमा जनवरी १८ मा हुने यो कार्यक्रममा माउन्ट ८८४८ को कन्सर्टपछि डिजे प्ले र सिड्नीबाट आउँने डिजे बी रकले पनि आफ्नो आकर्षक प्रस्तुति प्रस्तुत गर्नेछन् । कार्यत्रलमको सञ्चालन सुमी दाहालले गर्ने पनि तय भएको छ ।

मेलबर्नपछि यो म्यूजिक फर स्माइल–मस्की मस्की अष्ट्रेलिया टुर कार्यक्रम सिड्नीमा समेत आयोजना गरिनेछ । थर्ड आइ बारमा हुने कन्सर्ट सिड्नीमा चाहिं जनवरी २४ र २५ गरी दुई दिनसम्म जारी रहनेछ ।

Please follow and like us:

Comments