संविधानका अन्र्तवस्तुमा सहमति जुटाउन सत्तासीन दल नेपाली कांग्रेस अधिकतम लचक बन्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले एमालेसँग मिलेर तयार पारेको ७ प्रदेशको संघीयता सहितको नौ बुँदे प्रस्तावमा लचकता अपनाउन सकिने बताएको हो । संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले आज साँझसम्म सहमति नभए मस्यौदा आफैलाई बनाउन दिन गरेको प्रस्तावप्रति भने आजको बैठकले केही निर्याय नगरेको कांग्रेसले जनाएको छ ।

उसले विवादीत विषयमा सहमति कायम गर्नका लागि सबै दललाई लचकता अपनाउन आग्रह गर्ने निर्णय गरेको छ ।

Comments

comments