आगामी सन २०१६ मा ब्राजिलमा हुने ३२ औं गृष्मकालिन ओलम्पिक खेलकुदका लागि ६ नेपाली खेलाडीले विशेष प्रशिक्षण लागि छात्रवृत्ति पाएका छन ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा एथलेटिक्सकी संगीता खड्का, बक्सिङकी सरस्वती राना, जुडोकी फुपुलामु खत्री, ताइक्वान्दोकी निशा रावल, पौडीका शिरिष गुरुङ र सोफिया शाहले ओलम्पिक र्स्कलसिप फर एथलेटस रियो २०१६ को छात्रवृत्ति पाएका हुन । छात्रवृत्ति पाएका खेलाडीले गृष्मकालिन ओलम्पिकको छनोट अघि सम्म स्वदेश र विदेशमा रहेर प्रशिक्षण गर्नु पर्नेछ। छात्रवृत्ति पाएका प्रत्येक खेलाडीलाइ अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मासिक जनही ६ सय ७० अमेरिकी डलर प्रदान गर्नेछ ।

सम्बन्धित संघले छात्रवृति पाएका खेलाडीलाइ विदेशमा प्रशिक्षण गराउन पाउने बताइएको छ। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले एनओसीले खेलाडीलाइ अहिले सम्मकै राम्रो अवसर प्रदान गरेको बताए ।

Comments

comments