स्पेनिस ला लिगाअन्तगत गए राति भएका खेलहरुमा दुर्इ ठूला क्लब बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् । 

उपाधि होडमा रहेका दुबै क्लब क्रिस्मस र अग्रेजी नयाँ वर्षको विश्रामपछि भएका खेलमा पराजित भएका हुन् ।गएराति भएका खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड भ्यालेन्सीयासँ २-१ गोलअन्तरले पराजित भयो । रियाललार्इ स्तब्ध बनाउने क्रममा भ्यालेन्सियाका लागि एन्टोनियो बारागन र निकोलस ओटामेन्डीले गोल गरे । रियालका लागि रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए ।

गएरातिकै अर्को खेलमा रियाल सोसिडले बार्सिलोनालार्इ हराएको छ । म्यानचेस्टर युनार्इटेडका पूर्व प्रशिक्षक डेभिड मोएसले सम्हालेको सोसिडलार्इ जित दिलाउने क्रममा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरे । गएरातिका खेलपछि १७ खेलबाट ३९ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा यथावत छ । रियालभन्दा एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि समान ३८ अंक रहेको छ ।

Please follow and like us:

Comments