नयाँ वर्ष शुरु भएसँगै अष्ट्रेलियाको भिक्टोरिया राज्यको सार्वजनिक यातायात नेटवर्कले आफ्नो सेवालाई अझ यात्रुमैत्री बनाएको छ ।

नयाँ भाडादर अनुसार अब मेलबर्नमा जोन वान र जोन टुको यात्रा अझ सुपथ बनाइदिएको छ । नयाँ फ्रि ट्राम जोन अन्तर्गत क्वीन्स भिक्टोरिया मार्केटदेखि डकल्याण्डस्मा अवस्थित भिक्टोरिया हार्वर र स्प्रीङ स्ट्रीटदेखि फ्लाइन्डर्स स्ट्रीट स्टेशनसम्म पर्दछ । यस्तै फेडेरेशन स्क्वायर क्षेत्र पनि फ्रि ट्राम जोन अन्तर्गत नै पर्दछ ।

ट्राम जोनको क्षेत्रभित्र यात्रा गर्न कुनै शुल्क लाग्दैन । त्यसैले यसका लागि तपाईले माइकी पासको प्रयोग गर्न आवश्यक छैन । तर तपाईको यात्रा यो क्षेत्रभन्दा बाहिरबाट शुरु हुन्छ वा बाहिर गएर अन्त्य हुन्छ भने चाहिं तपाईले आफ्नो माइकीको प्रयोग गरी तपाईसँग वैधानिक टिकट रहेको पुष्टि गर्नुपर्छ ।

नयाँ वर्ष शुरु भएसँगै जोन वानकै शुल्कबाट जोन टुसम्म नै रेल र बसको यात्रा गर्न पाउँनुहुन्छ । यदि तपाई जोन टुको मात्र यात्र गर्दै हुनुहुन्छ भने पनि तपाईले सस्तो दरमै यात्रा गर्न पाउँनुहुन्छ ।

Comments

comments