गत आईतबार दुर्घटनग्रस्त एयर एसियाको क्युजेड डछण्ज्ञ विमानलाई उडान भर्नको लागि अनुमति नदिएको खुलासा भएको छ ।

उक्त विमानलाई हप्ताको पछिल्लो चार दिनमा मात्रै सो मार्गमा उडान भर्ने अनुमति थियो । ईण्डोनेसियाको परिवहन मन्त्रीले अब सुरबायाबाट सिंगापुर उडान भर्ने एयर एसियाको सबै विमानलाई केहि समयको लागि सो मार्गमा उडानमा रोक लगाएको बिबिसिले जनाएको छ । ईण्डोनेसियाबाट सिंगापुरको लागि उडेको सो विमानमा १ सय ६२ जना यात्रु सवार थिए ।

आईतबार हराएको विमान जावा सागरमा दुर्घटनाग्रस्त भएको थियो । सो घटनामा परि मृत्यु भएकाहरुको शव खोज्ने क्रम अझै जारी छ । हालसम्म जावा सागरबाट ३० शव निकालिएको विविसिले उल्लेख गरेको छ ।

Comments