संविधानसभा अध्यक्ष सुवास नेम्वाङले मुख्य दलका सचेतकहरुलाई प्रकृयाबाट संविधान निर्माणका लागी सहयोग गर्न आग्रह गर्नुभएको छ ।

संविधानसभाका प्रमुख पाँच दलका सचेतकहरुसँग आज छलफल गर्दै नेम्वाङले सहमति नभए प्रकृयामा जान सुझाव दिनुभएको हो । सहमति नभए जेठ १४ दोहोरिने खतरा रहेको भन्दै उहाँले संविधानसभा विघटनको खतरा समेत घुमाउरो पाराले औंल्याउनुभएको छ । संविधानसभाका प्रमुख पाँच दल कांग्रेसका चिनकाजी श्रेष्ठ, एकिकृत माओवादीका गिरिराजमणी पोखरेल, राप्रपा नेपालका दिलानाथ गिरी र फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई राखेर नेम्वाङले यस्तो बताउनुभएको हो ।

Comments

comments