ईण्डोनेसियाको सुरबायाबाट सिंगापुरका जाने क्रममा हराई रहेको एयर एसियाको विमान खोजिका लागि अमेरिकाले आफ्नो नौ सैनिक विमान पठाउने भएको छ ।

सो बिमान आज जावा समुन्द्रमा पुगेर हराईरहेको विमान खोजिकार्यमा खटिने बताइएको छ । विमानको खोजिका लागि सिंगापुर, मलेसिया, अष्ट्रलिया र फ्रान्सले पनि सहयोग गरिरहेका छन् । त्यस्तै खोजका लागि कम्तीमा ३० नौ सैनिक पोत, १५ एयरक्राफ्ट र सात हेलिकप्टर परिचालन गरीएको छ ।  चालक दलका सदस्यसहित १ सय ६२ यात्रुहरु सवार उक्त विमानको खोजि आजपनि जारी छ ।

Comments

comments