परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले तोकिएको समयमा संबिधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री पाण्डेले दोश्रो संबिधानसभाको समयवधि चार वर्ष भएपनि माघ ८ गने नै संबिधान जारी गर्न जनाएको प्रतिबद्धता पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको हो । एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका पाण्डेले दलहरुले जनाएको प्रतिबद्धता पूरा गर्न चाहे तोकिएको समयमा संबिधान जारी गर्न समस्या नरहेको बताउनुभयो ।

माघ ८ मा संबिधान जारी गर्न केही तत्व क्रियाशिल रहेकाले त्यसको पर्दाफास सञ्चारमाध्यमले गर्नुपर्ने उहा“ले बताउनुभयो । मन्त्री पाण्डेले संबिधान जारी गर्ने निकाय संबिधानसभा भएकाले सरकारले आवश्यक वातावरण निर्माणमा कञ्जुस्याई नगरेको दाबी गर्नुभयो ।

Please follow and like us:

Comments