इस्लामिक स्टेट आईएसका लडाकुहरुले २२ जना लिबियाली सैनिक सहित ४२ जनाको हत्या गरेका छन् ।

लिबियाको बेन्घाजीमा रहेको तेल प्रशोधन केन्द्र कब्जा गर्ने प्रयासस्वरुप उनीहरुले गय राती सैनिक केन्द्रमा हमला गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विद्रोहीले उक्त तेल केन्द्रको हमला गर्न जाने क्रममा थप २० जना सर्वसाधारणको पनि हत्या गरेका बताइएको छ । त्यहाँ उनीहरुले पहिलादेखि नै सो तेल प्रशोधन केन्द्रलाई नियन्त्रणमा लिने असफल प्रयास गर्दै आएका छन् ।

उनीहरु बिजुलीबाट चल्ने द्रुत गतिको डुङ्गाबाटै रकेट प्रहार गरेको र तेल केन्द्रको केही भाग क्षतिग्रस्त भएको पनि बताइएको छ ।

Please follow and like us:

Comments