भारत र अष्ट्रेलियाबीचको टेस्ट श्रृंखलाको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु भएको छ ।

४ टेस्टको ‘बोर्डर गाभस्कर ट्रफी’अन्तर्गतको तेस्रो खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सुरु भएको हो । आज बिहान टस जितेर पहिले व्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिनको खाना समयसम्म ९२ रन जोड्दा एक विकेट गुमाएको छ । अष्ट्रेलियाका डेभिड वार्नर रनको खाता खोल्न नपाउँदै भारतीय बलर उमेश यादवको शिकार बनेका हुन् ।

यसअघिका दुई टेस्ट अष्ट्रेलियाले जितिसकेको अवस्थामा तेस्रो खेलमा भारतीय टोली दबाबमा रहेको छ । श्रृंखला जोगाउन भारतले यो खेल जित्नैपर्ने बाध्यता छ ।

Please follow and like us:

Comments