हिमालयन कङ्गारु डेस्क । हरेक वर्ष क्रिसमसको भोलिपल्ट पश्चिमा राष्ट्रहरुमा बक्सिङ डे मनाइन्छ । विशेष गरी अमेरिका,क्यानाडा,बेलायत लगायतका देशहरुमा विशेष रुपले मनाउँने बक्सिङ डे अष्ट्रेलियामा पनि मनाइन्छ ।

नयाँ वर्ष नजिकिदै आइरहेको अवस्थामा यो बक्सिङ डेलाई नयाँ वर्षको लागि किनमेल गर्ने विशेष दिनको रुपमा पनि लिने गरिन्छ । त्यसैले बक्सिङ डेमा शपिङ मलहरुले पनि स्पेशल अफर र छुटहरु दिने गर्दछन् ।

बक्सिङ डेलाई पश्चिमाहरुले परम्परागत पर्वको रुपमा मान्छन् । यो कहिले र कसरी मान्न थालियो भन्नेबारे यकिन नभए पनि पहिले मालिकहरुले क्रिसमस सकिएसँगै न्याँ वर्ष पनि नजिक आउँने भएकोले आफ्ना नोकर र कामदारहरुलाई खुशीले उपहारका बक्सहरु दिन्थे । त्यहीबाट यो पर्वको नाम नै बक्सिङ डे रहन गएको विश्वास छ । यद्यपि यसका बारेमा भिन्न भिन्न मिथहरु नभएका पक्कै होइनन् ।

अष्ट्रेलियामा बक्सिङ डेलाई फेडेरल पब्लिक होलिडेका रुपमा मनाइन्छ । तर अष्ट्रेलियाकै दक्षिण राज्यमा भने यो होलिडे २८ डिसेम्वरमा मात्र मनाइन्छ । हिजो आज अष्ट्रेलियामा बक्सिङ डेलाई टेस्ट क्रिकेट शुरु हुने दिनको रुपमा लिइन्छ ।

Comments

comments