सरकारले अखाद्य वस्तु उत्पादन गर्ने र बेच्ने विरुद्ध नयाँ कानुन ल्याउने भएको छ ।

मन्त्रालयको समन्वयमा कारवाही प्रक्रिया ढिलो र फितलो भएपछि एउटै सयन्त्रबाट कारवाही गर्ने गरि नयाँ कानुन ल्याउन लागिएको हो । नयाँ कानुनमा अनुगमन अधिकृतलाई पहिलो चरणको कारवाही गर्न अधिकार दिइनेछ भने जरिवाना १ हजारबाट बढाएर ५० हजारसम्म पुरयाइने भएको छ । कृषि मन्त्री हरी पराजुलीले झन्झटिलो कारवाही प्रक्रियालाई अन्त्य गर्न नयाँ कानुन ल्याउन लागिएको जानकारी दिनुभयो ।

यस्तै सरकारले खाद्यअधिकारसम्बन्धी नयाँ विधेयक पनि ल्याउने तयारी गरेको छ ।

Please follow and like us:

Comments