प्रिमियर क्लवहरु लिभरपुल र टोटनह्याम हट्सपर इंग्लीश लिग कप फुटबलको सेमीफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा बोर्नमाउथलाई ३–१ ले हराँउदै लिभरपुल अन्तिम चारमा पुगेको हो । खेलमा लिभरपुललाई विजयी गराउन राहिम स्टर्लीङले दुई तथा लाजर मार्काेभिचले एक गोल गरे । क्वाटरफाईनलकै अर्काे खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई ४–० ले हरायो । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन नबील बेन्तालेब, नासीर छाड्ली, ह्यारी केन र रोबर्टाे सोल्डाडोले एक एक गोल गरे ।

गएरातीका खेलहरुपछि इंग्लीश क्यापिटल वान कप फुटबलको सेमीफाईनल समिकरण पुरा भएको छ । सेमीफाईनलमा चेल्सी र लिभरपुल तथा टोटनह्याम हट्सपर र शेफील्ड युनाईटेड भिड्ने भएका छन् ।

Comments

comments